काठमाडौं – सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।
नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागि छन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागि छन् ।
प्रतिक्रिया