तोसिमा कार्कीको रिटमा सर्वोच्चले निर्णय सुनाउदै

तोसिमा कार्कीको रिटमा सर्वोच्चले निर्णय सुनाउदै


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दिएको रिटमा सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउने भएको छ।

सांसद कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते दिएको रिटको निर्णय सुनाउन पेसी तोकिएको हो।

न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आइतबार निर्णय सुनाउने गरी पेसी तोकिएको हो।

ललितपुर क्षेत्र नम्बर ३बाट निर्वाचन लड्न लाग्दा निर्वाचन आयोगमा कार्कीविरूद्ध उजुरी परेको थियो।

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेका कार्कीले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो। उक्त पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा पनि प्रश्न उठेको थियो।