काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।
आइतबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले शाहीले राष्ट्रिय सभाको कामकारबाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो ।
बैठकले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिँदा गम्भीर भएर दि पनि निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’
‘राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र’ भन्दै अभिव्यक्ति दिएका थिए । उनले राष्ट्रिय सभाको कुनै औचित्य नरहेको भन्दै वृद्धाश्रम जान लागेका बाजेलाई थन्काउने थलो भएकाले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया