स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको दरखास्त स्वीकृत

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको दरखास्त स्वीकृत


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ।

बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले ११ जनाको आवेदन स्वीकृत भएको जनाएको छ ।

सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्य योजनासहित अन्तर्वार्ताका लागि बोलाएको छ । कार्य योजनाको अध्ययन र अन्तर्वार्तापश्चात् समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।