फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।
गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ ।
कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ठाउँ चौक, भेडी चोक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ ।
गाउँपालिकाले प्रतियोगितासँगै माउण्टेन साइकलिङ कार्यक्रम आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमन गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।
प्रतिक्रिया