सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना

सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना


काठमाडौँ । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् ।

आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।

सभामुखले पटक पटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए पनि उनी मानिन् ।

सोमवार रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर शून्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अस्वीकार गर्दै औँला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किँदै बाहिरिएकी थिइन् ।