काठमाडौँ । १८औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
आगामी मार्च २२ देखि सुरु हुने आइपिएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन्। पहिलो खेल कोलकातामै हुनेछ।
त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन्। त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ-आफ्नो पहिलो खेल खेल्ने छन्।
फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ। गत संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको थियो।
प्रतिक्रिया