काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको मृत्यु

काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको मृत्यु


काभ्रे– काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

आज बिहान तेमाल गाउँपालिका– ३ स्थित कुँडालमा भएको दुर्घटनामा तेमाल– १ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना भएको हो ।