प्रधानमन्त्री ओली आज पोखरा जाँदै

प्रधानमन्त्री ओली आज पोखरा जाँदै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ ।

दीक्षान्त समारोह पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

समारोहमा विभिन्न तह र विषयका ७ हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिदै छ ।