काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
प्रतिक्रिया