काठमाडौ। । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चिकित्सा व्यवसायी दुर्गा प्रसाईले संबैधानिक राजसंस्थाको पक्षमा लाग्न आग्रह गरेका छन् । सभापति देउवाको बिहिवार भारत जाने तयारी भएकै बेला भ्रमण रद्द भएपछि प्रत्रिक्रिया िसामाजिक सञ्जाल मार्फत दिदै भनेका छन् -“आउनुहोस सबै मिलेर संबैधानिक राजसंस्थाको पक्षमा लागौं । नेपाललाई नेपाल जस्तै बनाउँ । ”
सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सम्मले भेट नदिने पक्का भएपछि भारत भ्रमण रद्द दावी गर्दै भनेका छन् – “देउवा जी थाहा पाउनुभयो हैन आफ्नो असलियत रु मुख्यमन्त्री योगी आदित्यनाथ सम्मले भेट नदिने पक्का भएपछि भारत भ्रमण रद्द ।”
उनले लेखेका छन्
हाहाहा ! देख्यौ हैन तिम्रा हैसियत ?
देउवा जी थाहा पाउनुभयो हैन आफ्नो असलियत ? मुख्यमन्त्री योगी आदित्यनाथ सम्मले भेट नदिने पक्का भएपछि भारत भ्रमण रद्द । योगी जी, मोदी जी ले अब तपाईहरुलाई गिन्तीमा राख्न छोडिसक्नुभयो कसका कारण, कुन कर्मका कारण थाहा भयो होला नि ? तपाईहरुलाई निकट भविष्यमा सुडान, हाईटीका नेताहरुले पनि भेट नदिने पक्का छ ।
देशको गरिमा बचाउने हो भने आउनुहोस सबै मिलेर संबैधानिक राजसंस्थाको पक्षमा लागौं । नेपाललाई नेपाल जस्तै बनाउँ ।

प्रतिक्रिया