काठमाडौं । सशस्त्र प्रहरीको इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्। सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि२९ बर्सिया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ३ वर्ष अघि असईबाट नाम निकालेकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ । उनी अविवाहित हुन् । बाबुआमा अस्ट्रेलियामा रहेको कारणले मंगलबार फर्कने र दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो ।
प्रतिक्रिया