काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु घटना छानबिन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) को संयोजकत्वमा समिति गठन भएको छ ।
सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ । सिन्धुपाल्चोक घर भएकी महत शौंचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
प्रतिक्रिया