काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गरेकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ‘स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न सकिएन, बजेट पुगेन’ भनेको स्मरण गरिन । जनसङ्ख्या बीमाको रकम पाँच लखा पुर्याउँछु भन्ने महत्त्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्युबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ,’ उनले भनिन् ।
चल्ने बेलामा हामीले यस्तो कार्यक्रम ल्यायौँ भनेर जस लिने तर समस्या पर्न थालेपछि अलपत्र छाडिदिने प्रवृत्ति उचित नरहेको उनले बताइन् । ‘चल्ने बेलामा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बषौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धरासायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन,’ उनले भनिन् ।
प्रतिक्रिया