तपाईको आज अर्थात् २०८१ फागुन १३ गते मंगलवारको राशीफल

तपाईको आज अर्थात् २०८१ फागुन १३ गते मंगलवारको राशीफल


आज मंगलबार, १३ फागुन २०८१ (२५ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल

मेष : आफन्तसँग सफल भेटघाट हुनेछ। अरूको मन जित्न सकिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जाँगर बढ्नेछ। भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइएला। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : मन अस्थिर रहन सक्छ। भावुक र उत्ताउलो बन्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्नेछ। स्वास्थ्य तथा सुन्दरतामा खर्च बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ, सफलता पनि मिल्नेछ। भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा६२ , सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : मङ्गल कार्यको योग छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट होला। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। धार्मिक यात्रा हुनेछ। नयाँ कामको थालनी पनि होला। भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
कन्या : आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ रोजगारीको अवसरले पछ्याउनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। पुनर्मिलनको योग छ। भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला : कार्य सम्पादनमा समस्या आउला। यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृश्चिक : रमणीय र सुखद यात्राको योग छ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। रोजगारीको अवसर मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइएला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।

मकर : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धार्मिक यात्राको योग छ। नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। पुँजी बजारले साथ दिनेछ। भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला, पेटसम्बन्धी समस्या आउन सक्छ। आफन्तसँग मनमुटाव होला। गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मीन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ। सामाजिक कार्यमा सफलता हात लाग्ला। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। बौद्धिकताको विकास हुनेछ। आँटेको काम पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।