शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको बताइएको छ ।

उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरू संलग्न छन् । नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।