ज्ञानेन्द्रको प्रश्न-कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ?

ज्ञानेन्द्रको प्रश्न-कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ?


काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ओली सरकारबाट कसैको भलो नभएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले काठमाडौँसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरकारले पठाएको छैन । शिक्षक, कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । ओली सरकारलाई त्यसको पाप लाग्ला ।’

उनले जुम्लामा पनि त्यही हालत रहेको बताए । उनले निजामती कर्मचारीलाई नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? भन्दै प्रश्न गरे ।