काठमाडौं । महाशिवरात्रि पर्व आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पशुपतिनाथमा विहानैदेखि भक्तजनको भिड लागेको छ । दर्शन गर्नेहरुको लामो लाइन देख्न सकिन्छ ।
प्रतिक्रिया