सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ७० हजार २०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको एक लाख ७० हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीका मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।