६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन : सिन्धुपाल्चोक प्रशासन

६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन : सिन्धुपाल्चोक प्रशासन


काठमाडौं,  । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।

जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्ने क्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ । भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ । भूकम्पबाट भएको सम्भावित क्षातिको अवस्था अवलोकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ