विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न प्रस्ताव

विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालमा विदेशी विद्यार्थीहरूलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रमेश लेखकलाई बजेटमा विदेशी विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

उनले भने, ‘हामी नयाँ बजेको पूर्वअभ्यासमा छौँ। नेपालभित्रै सरकारले छात्रवृत्ति दिने गरी विश्वविद्यालय र स्कुलहरूमा विदेशी विद्यार्थीहरू पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गरौँ। त्यसले नेपालप्रति माया हुन्छ, भारतबाट, जापानबाट, चीनबाट विद्यार्थी आउलान्।’

उनले अहिलेको सरकार निजी क्षेत्रप्रति सकारात्मक रहेको बताए।