भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता


काठमाडौँ- भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् ।

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन फाल्गुण १३ गते नेपाल आएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू कार्यक्रम पश्चात् स्वदेश फिर्ता भएका हुन् ।

उक्त भ्रमणमा आएका जनरल डा. मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) हिजो बिहीबार स्वदेश फिर्ता भएका थिए भने जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल डा. विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.) आज शुक्रबार स्वदेश फिर्ता भएको नेपाली सेनाले जनाएको छ ।

उक्त  भ्रमण दलले नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गरेको थियो ।