काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप छनोट प्रतियोगितामा काठमाडौँले अर्को खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ।
माथिल्लो मुलपानी मैदानमा शुक्रबार भएको खेलमा काठमाडौँले भक्तपुरविरुद्धको खेलमा २६१ रनको जित निकाल्दा इशान पाण्डे र रित गौतमले शतक प्रहार गरेका हुन्।
पहिले ब्याटिङ गरेको काठमाडौँका लागि इशानले ११० बलमा १७३ रन र रित गौतमले १२५ बलमा १३४ रन बनाए। यस्तै उत्तम थापा मगरले २६ बलमा ४२ रन जोडेपछि काठमाडौँले ५० ओभरमा ७ विकेटको क्षतिमा ४३० रन जोड्यो।
जवाफी ब्याटिङ गरेको भक्तपुर २८.४ ओभरमा १६९ रनमा अलआउट भयो। भक्तपुरका लागि सौरभ शुखाकर्मीले ३७ बलमा ५३ रन र गौरव पौडेलले ४१ बलमा ४७ रन बनाए।
बलिङमा काठमाडौँका किरण बुढा मगरले ४ विकेट र कप्तान प्रतिश जिसीले २ विकेट लिए।
यसअघि बिहीबार काठमाडौँका सोनु देवकोटाले टियूविरुद्ध शतक प्रहार गरेका थिए।
प्रतिक्रिया