काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा


काठमाडौँ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।

मंसिर, पुस र माघ महिनाको लामो सुख्खापछि शुक्रबार वर्षा भएको हो ।

पोहोर परार पुस-माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।

शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदल यात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् ।

छाता तथा रेनकोट नभएका कारण उनीहरू रुझ्दै गन्तव्यतर्फ गएका छन् ।