रूपन्देहीमा अज्ञात समूहको गाेली प्रहारबाट युवकको हत्या

रूपन्देहीमा अज्ञात समूहको गाेली प्रहारबाट युवकको हत्या


रूपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । ‘घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ’ डिएसपी कार्कीले विकासटाइम्सलाई भने ।