राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : डा. रावल

राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : डा. रावल


तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रूपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए ।

“कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “राजनीति  दलहरूले देश र जनताको लागि काम गर्न नसक्दा संकट पैदा भएको छ, यस्ता संकटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।”

देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र काँग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गरे ।