काठमाडौँ । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
झडपमा प्रहरी वृत्त सिंहदरवारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । पौडेलको टाउकोमा गहिरो चोट लागेको छ ।सिभिल अस्पतालको इमरजेन्सीमा उपचारपछि उनी अहिले कार्यालय फर्किएका छन् । प्रदर्शनकारीतर्फ पनि केही घाइते भएका छन् ।
प्रतिक्रिया