काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको शाखा कार्यालयमा आगलागी भएको छ। आज दिउँसो करिब १ बजे लागेको आगोले कार्यालयको माथिल्लो तला क्षतिग्रस्त बनाएको छ।
उक्त तलामा भान्छा रहेको र आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने बताइएको छ।
हाल हावाहुरी चलिरहेकाले आगो नजिकैको बस्तीमा फैलिन नदिन स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी परिचालित भएका छन्। तर, गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।
प्रतिक्रिया