नेपाल आइपुगे विश्वकप विजेता इटालियन टोलीका गोलरक्षक बफोन

नेपाल आइपुगे विश्वकप विजेता इटालियन टोलीका गोलरक्षक बफोन


काठमाडौं- फिफा विश्वकप विजेता इटालीका गोलरक्षक जियानलुजी बफोन नेपाल आइपुगेका छन् ।

इटालीका पूर्व कप्तान तथा विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका छन् ।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलरक्षक उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन् । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । ओली कपको फाइनल खेल सोमबार साँझ ६ बजे मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा हुँदैछ ।