हत्यामा संलग्न गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

हत्यामा संलग्न गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


फरार अभियुक्त पक्राउ गर्न प्रहरीले टोखामा गोली चलाएको छ। गोली लागेर एक व्यक्ति घाइते भएका छन्।

तीन वर्षअघि काठमाडौंको जोरपाटीमा गोली हानी लाल मोहम्मदको हत्यामा संलग्न गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डिएसपीको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार अभियुक्तको खुट्टामा गोली लागेको छ। ‘उनी लाल मोहम्मद हत्याका सुटर हुन् भन्ने हाम्रो सूचना छ,’ उनले भने।