काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सोमबार संघ-संगठन दर्ता हुँदैछ।
आउँदो चैत ५ गते हुने मतदानका लागि आज संघ/संगठन दर्ताको कार्यक्रम तय गरिएको हो। जसअनुसार बिहान ७ बजेदेखि दिउँसो ३:०० बजेसम्म देशभरका क्याम्पसहरूमा दर्ताको कार्यक्रम छ।
त्यपछि फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४:०० बजेसम्म मतदान हुनेछ।
प्रतिक्रिया