काठमाडौँ । नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।
नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनको नवमालीमाथि उजुरी परेपछि (डीएलए)ले कार्यालय घेराउ गरेको हो ।
उच्च अदालत बार एसोसिएसनले काठमाडौँ अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो ।
निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नवमालीमा सोमबारसम्म दाबी विरोधको समय तोकिएको थियो ।
उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौँले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।
डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले बार काउन्सिल अद्यावधिक गरे–नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताएको छ ।
नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौँ जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाइएको छ ।
नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ
प्रतिक्रिया