राप्रपाले महानगरलाई बुझायो एक लाख जरिवाना

राप्रपाले महानगरलाई बुझायो एक लाख जरिवाना


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकालाई जरिवाना बुझाएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौँका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

उक्त जरिवाना बापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना बापतको रकम बुझाएको हो ।