स्वास्थ्य बीमा बोर्डले माग्यो १८० अधिकृत (सूचनासहित)

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० अधिकृत (सूचनासहित)


काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले १८० जना मेडिकल अधिकृत माग गरेको छ।

बोर्डले आज सूचना प्रकाशित गर्दै देशभरका आवश्यक स्थानमा खटाउनका लागि करारमा मेडिकल अधिकृतको आवश्यकता परेको जनाउँदै १८० पदका लागि आवेदन आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।