कांग्रेस महाधिवेशन : महिला सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु

कांग्रेस महाधिवेशन : महिला सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (खुला महिला) पदको मतगणना सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघिबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । मतगणनालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भइरहेको छ ।

महिला सहमहामन्त्रीको एक पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै, खुला महिलातर्फका १५ केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि हिजोदेखि नै खुला उपसभापति, समावेशी उपसभापति, खुला महामन्त्री र महिला महामन्त्री पदको मतगणना भइरहेको छ ।