इजरायलको आक्रमणमा इरानमा २२४ जनाको मृत्यु

इजरायलको आक्रमणमा इरानमा २२४ जनाको मृत्यु


Objects are seen in the sky above Jerusalem after Iran launched drones and missiles towards Israel, in Jerusalem April 14, 2024. REUTERS/Ronen Zvulun TPX IMAGES OF THE DAY

काठमाडौँ । इरान र इजरायलबीच विगत ७२ घण्टादेखि युद्ध भइरहेको छ । इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको थियो । जसमा धेरै जना घाइते भएको बताइएको छ । यसको एक दिन अघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।

यसैबीच, अमेरिकामा रहेको मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ । त्यस्तै इरानले इजरायलमा सयौं क्षेप्यास्त्र प्रहार गरेको छ । यी आक्रमणहरूमा १४ जनाको मृत्यु भएको छ र ३८० जना घाइते भएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच चाँडै सम्झौता हुने दाबी गरेका छन् । ट्रम्पले इजरायल र इरानबीचको युद्ध रोक्ने बताएका छन् । ट्रम्पले यस्तो बताए पनि युद्ध रोक्न उनले ठोस पहल गरेको खबर आएको छैन । सोमबार बिहान पनि दुवै देश एक अर्काविरुद्धको आक्रमण जारी राखेका छन् । इजरायलले फेरि एक पटक फोर्डो आणविक स्थलमा आक्रमण गरेको बताइएको छ । इरान इन्टरनेशनलको रिपोर्ट अनुसार इरानको फोर्डो आणविक स्थल नजिकै ठूलो विस्फोट भएको छ । इजरायलले जुन १४ मा पनि फोर्डो स्थलमा आक्रमण गरेको थियो ।

त्यस्तै इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको गुप्तचर संगठनका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको बताइएको छ । उनका उप-हसन मोहकिक र अर्का गुप्तचर अधिकारी मोहसिन बघेरी पनि यी आक्रमणहरूमा मारिएका छन् । काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।