काठमाडौं- जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ।
मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला अदालतले यसअघि सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
मिश्र र शमशेरले गत १५ चैतमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोप छ। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ।

प्रतिक्रिया