फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण अवरुद्ध

फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण अवरुद्ध


काठमाडौँ। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।

मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको प्रहरीको भनाई छ ।

प्रहरीको अनुसार ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको छ ।