यस्तो रहनेछ आज दिनभरिको मौसम

यस्तो रहनेछ आज दिनभरिको मौसम


काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहीबार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। ​राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।