काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ थालेको छ भने पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अंक तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।
आज अपराह्न ४:०० बजे हुने अर्को खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया