काठमाडौ । नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर मधेसको चुनावी सभा गर्न लागेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको घोषणापत्र फागुन ६ गते धनुषाको जनकपुरमा सार्वजनिक हुने भएको छ।
कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ। कांग्रेसले भिजन १० को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको छ।

प्रतिक्रिया