जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड


काठमाडौँ। कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन, प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।”