उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको भन्दै रास्वपा बागमतीका उपसभापतिले पनि पार्टी छाडे

उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको भन्दै रास्वपा बागमतीका उपसभापतिले पनि पार्टी छाडे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् । उनले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका छन् ।

हुमागाईँ ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् ।

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।

हुमागाईँले अघिल्लो निर्वाचनमा काभ्रे २ बाट १० हजार ५७३ मत ल्याएका थिए । रास्वपामा पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा चलखेल बढेको र आर्थिक पारदर्शीतामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढेको छ ।

हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी छाडेका थिए ।