काठमाडौं । संसद्का विषयगत समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । एकल बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका तर्फबाट सबै समितिमा उम्मेदवार टुंगो लगाएको छ । साथै प्रतिपक्षी दलले पाउने सार्वजनिक लेखा समितिको सभापति पनि कांग्रेसलाई दिने निर्णय गरेको छ ।
यसअघि अन्य प्रतिपक्षी दलले पनि कांग्रेसलाई लेखा समितिको सभापतिमा समर्थन गर्ने निर्णय गरेका थिए । दलहरूको यो निर्णयसँगै संसद्का सबै समितिमा सभापति सर्वसम्मत चयन हुने वातावरण बनेको हो ।
रास्वपाबाट समीक्षा बाँस्कोटा, अशोक चौधरी, आशिष गजुरेल, आकृती अवस्थी, हरि ढकाल, ओजस्वी शेरचन, वोधनारायण श्रेष्ठ, गणेश कार्की, सुन्निमा उदास, कृष्णहरि बुढाथोकी र रहवर अन्सारी संसदीय समितिका सभापति हुने भएका हुन् ।


प्रतिक्रिया