सिधै काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री

सिधै काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री


काठमाडौ । दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर ९क्। एबग िप्बउगच० वालेन्द्र शाह ९बालेन शाह० नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च तहका अमेरिकी अधिकारी बन्न लागेका छन् । उनी सोमबार काठमाडौं आउने र तीन दिने भ्रमणपछि बुधबार फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यो भ्रमणलाई वासिङ्टनले नयाँ सरकारसँग तत्काल सम्बन्ध सुदृढ गर्न खोजेको संकेतका रूपमा हेरिएको छ । शाहले १३ चैतमा प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि काठमाडौं आएका विदेशी कूटनीतिज्ञमध्ये कपुर सबैभन्दा वरिष्ठ हुन् । यसअघि अमेरिकी उच्च अधिकारीहरू सामान्यतया भारत, पाकिस्तान वा बंगलादेश भ्रमणको क्रममा छोटो ट्रान्जिटका रूपमा मात्र काठमाडौं आउने गरेका थिए । तर यसपटक कपुर अमेरिकाबाट सिधै इस्तानबुल ट्रान्जिट भएर काठमाडौं अवतरण गर्नेछन् ।

भ्रमणका क्रममा कपुरले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग आर्थिक प्राथमिकता, लगानी विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कम्प्याक्टको छिटो कार्यान्वयनबारे छलफल गर्ने छन् । परराष्ट्रमन्त्री, प्रधानमन्त्री कार्यालयका अधिकारी तथा अन्य सरकारी नेतृत्वसँग पनि द्विपक्षीय सहकार्य, क्षेत्रीय सुरक्षा र आर्थिक साझेदारीका विषयमा वार्ता हुने अपेक्षा गरिएको छ ।
भारतीय मूलका कपुर दक्षिण एशिया मामिलाका ज्ञाता मानिन्छन् । नयाँ दिल्लीमा जन्मिएका उनी ट्रम्प प्रशासनको दोस्रो कार्यकालमा गत अक्टोबरमा डोनाल्ड लुको स्थानमा नियुक्त भएका थिए । यसअघि उनी अमेरिकी नौसेनाको पोस्ट ग्राजुएट स्कूलमा प्रोफेसर थिए र सुरक्षा नीति, भारत(पाकिस्तान सम्बन्ध तथा इन्डो(प्यासिफिक रणनीतिमा विशेषज्ञता राख्छन् । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई इन्डो(प्यासिफिक क्षेत्रको स्थिरता र लोकतान्त्रिक विकासका लागि महत्वपूर्ण देशका रूपमा हेर्दै आएको छ । कपुरको यो भ्रमणले नेपालको नयाँ सरकारप्रति वासिङ्टनको चासो र प्राथमिकता बढेको स्पष्ट संकेत गर्छ । भ्रमणको कार्यसूची अन्तिम रूप लिइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।