काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाको भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया