सभापति थापाले थाले वृहत एकताका लागि पहल, खड्कालाई भेट्न पुगे गल्फुटार

सभापति थापाले थाले वृहत एकताका लागि पहल, खड्कालाई भेट्न पुगे गल्फुटार


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् ।

थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरका छन् । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’ थापाले भने ।

सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।

१५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।