काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको समितिका सचिव दिनेश थापा मगरले सूचनामार्फत जानकारी दिएका हुन् ।
उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ । यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए । लगत्तै कांग्रेसले खड्कासँग सात दिने स्पष्टीकरण सोधेको थियो ।
उनले कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा स्पष्टीकरण नदिने अडान लिएका थिए । सर्वोच्च अदालतले ४ वैशाखमा निर्वाचन आयोगको निर्णय सदर गर्दै कांग्रेसमा गगन थापाको नेतृत्व नै आधिकारिक भएको निर्णय गरिसकेको छ ।

प्रतिक्रिया