रवि र कपुरबिच भयो आधा घण्टा छलफल

रवि र कपुरबिच भयो आधा घण्टा छलफल


काठमाडौँ । अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक भेटवार्ता गरेका छन् ।
आज बिहान काठमाडौँ आइपुगेका कपुरले अमेरिकी कार्यवाहक राजदूतसँग छोटो ब्रिफिङ लिए लगत्तै उनी रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्न लामिछाने निवास इटालीटार पुगेका थिए । लामिछानेसँग कपुरले ३० मिनेट बढी कुराकानी गरेका थिए । भेटका क्रममा अमेरिका–नेपाल सम्बन्ध अझ सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।