नेप्से परिसूचक १८ अंकले घट्यो

नेप्से परिसूचक १८ अंकले घट्यो


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अंकले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।

आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ ।